Websoft University

टिपर दुर्घटना चालकको मृत्यु

 


संखुवासभा, कार्तिक १७ गते । रातो तारा डट कम,संखुवासभाको मकालु गाउँपालिका-५ मा भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । उक्त स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजनाका कार्यरत सिमरा जितपुर उप-महानगरपालिका बस्ने ३६ बर्षीय सम बहादुर योन्जन तामाङको मृत्यु भएको हो । 
आईतवार राती ११ बजेको समयमा फाक्सिन्दा दोभानबाट बालुवा लिई फर्कदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर अचानक दुर्घटना भई रोड देखि करिव ४०० मिटर तल अरुण नदिको किनारामा खस्दा टिपर चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.