Websoft University

पीडितको पक्षमा सधैँ सक्रिय उपमेयर:जसलाई सेवा गर्न महामारीले समेत रोकेन।

 


बेलबारी । रातो तारा डट कम, मोरङ-गाउँ गाउँ पुगेर सडक मानव व्यवस्थापन र हिंसा पीडितको सहयोगी बनेर चर्चामा आएकी बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुली पछिल्लो समय मानवसेवामाअझ सशक्त देखिएकी छिन् । 

लकडाउनको सुरुवातको समयदेखि नै  अग्रभागमा रहेर जनताको काममा तल्लीन उपमेयर बजार अनुगमन!कोरोना पोजेटिभका घरघरमा पुगेर हौसला दिनेदेखी किसानको बारीमा उत्पादित भइ खेर जान लागेको तरकारी स्थानीय व्यापारीहरुसँग समन्वय गरि  बजार व्यवस्थापन गरिदिने काम गरिन् ।यसका साथै उनकै पहलमा केही महिनाअघि आफ्नो नगरक्षेत्रभित्र बेसहारा र लामो समयदेखि सडकमा मागेर जीविकोपार्जन गर्दै आएका दुई बृद्धाहरुलाई मानवसेवा आश्रम विराटनगरमा बस्ने व्यवस्था मिलाइएको छ।हाल उनीहरु अहिले आश्रममै छन् ।

 उपमेयर पराजुलीले आजै बेलबारीकै एक हिँसापीडित किशोरीलाई सिभिन नेपाल विराटनगरको संरक्षणमा बस्ने वातावरण मिलाएकी छन् ।संस्थासँगको समन्वयपछि पीडित बालिकालाई संरक्षण काउनसिलिङका निम्ति त्यहाँ पुर्याइएको हो।पीडित किशोरीको परिवारको आर्थिक अवस्था ज्यादै कमजोर रहेका कारण गाडीभाडा समेत नपाएर अफ्ट्यारोमा परेका पीडित परिवारको आग्रहपछि उपमेयर पराजुलीले आफूले प्रयोग गर्ने नगरपालिकाको गाडीमा आफैँले सिभिन हेल्पलाईन सम्म पुर्याउने काम गरेकी छन् ।

उपमेयरसावले यस अघि पनि विदेशमा बस्ने साथीहरुबाट अनुरोध गरेर आर्थिक सहयोग जुटाइदिनुभो ।आज छरछिमेकबाट समेत छिछिदुरदुर र डर धम्की आइरहेको बेला आफैँ संरक्षणमा जुट्नुभो।साँच्चै अभिभावक पाएको महशुस भएको छ। उपमेयरको यो सहयोगबाट आफूहरुलाई ठूलो राहत मिलेको महशुस भएको छ-पीडित बालिकाकी हजुर आमाले भनि भनिन्। पीडित बालिकसँगै 

सिबिन नेपाल(बालहेल्पलाइन बिराटनगर)पुगेकी बालिकाकी मावली हजुरआमाले

उपमेयर पराजुलीको सहयोगबाट आफूहरुलाई ठूलो राहत मिलेको बताएका छन् । "सहज वातावरण हुँदा आफ्नै बलबुतोले जीविकोपार्जन गर्ने नागरिकहरुलाई प्रतिकूल अवस्थामा भने जनप्रतिनिधिको सहयोग चाहिन्छ।असहज परिस्थितिमा नागरिकको आशा अपेक्षा र विश्वास टुट्न नदिन हामी अहोरात्र खटेका छौँ।म कुनै काम सस्तो लोकप्रियताको लागि गर्दिनँ। हाम्रा क्रियाकलापबाट जनताको ओठमा खुशी फुल्न सकोस् यसमै गर्व छ मलाई।मैले बुझेको लोकतान्त्रको एउटा सौन्दर्य यो पनि हो।"उपप्रमुख पराजुलीले भनिन् ।

समाजमा बलात्कारको घटना असह्य भैसक्यो।एउटी महिला मेरी नातिनी ८ बर्षको उमेरदेखि आफ्नै हजुरबा,आफ्नै फुपाजु,आफ्नै छिमेकी गरि लगातार ४ जनाबाट बलात्कृत भइसकी।अब कसरी जोगाउने? हामीलाई तपाईंको सहयोग चाहियो भन्दै पीडित परिवार हारगुहार माग्दै आउँछ भने म चाहिँ महामारी छ भनेर जिम्मेवारीबाट पन्छन मिल्छ त?मिल्दैन नि।सहयोग भनेकै अफ्ट्यारो पर्दा गर्ने हो।त्यसैले सहयोग गरेकी हुँ-उपमेयर पराजुलीले भनिन् ।

 बेलबारीमा केही दिनअघि हजुरबालाई रक्सी खाने पैसा दिएर नातिनीलाई स्थानीय एक युवाले बलात्कार गरेको कुरा पीडितले बाहिर ल्याएकी छन्।पीडक युवा र पीडितका हजुरबा दुबैलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ।पीडितका आफन्तका अनुसार १४ बर्सीय ती बालिका ८ बर्षको उमेरदेखि फरकफरक ४ जना पुरुषबाट बलात्कृत भइसकेकी छिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.