Websoft University

सचिवालय बैठक बस्नका लागि, ओलि संग नेताहरूको लिखित आग्रह

 


काठमाण्डौ कार्तिक २३ गते । रातो तारा डट कम,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सचिवालयका पाँच नेताबीचछलफलभएकोछ । 

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफल अनुसार सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई मनाउन पाँच नेता हिजो बालुवाटार पुगेका थिए । नेताहरूले सचिवालय बैठकका लागि सहमति दिन ओलीलाई लिखित रुपमा आग्रह गरेका छन् । 

हिजै सचिवालय बैठक तोक्ने प्रयास भए पनि प्रधानमन्त्रीले आफूले सल्लाह गर्नुपर्ने बताएपछि सफल नभएको नेताहरूले बताएका छन् । छलफलमा अध्यक्ष प्रचण्डले सचिवालय बैठकका लागि सहमति दिन लिखित आग्रह गर्नुपर्ने अवस्था किन आयो ? भनेर पृष्ठभूमिसहित बोल्नुभएको थियो । 

प्रचण्ड पक्षका नेताले ओलीले बैठक बोलाउन नमानेको र एकलौटी रुपमा पार्टी चलाएको आरोप लगाउदै आएका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.