Websoft University

बगलादेश संग आज नेपालले मैत्रीपूर्ण खेल खेल्दै,


काठमाण्डौ र्मसिर २ गते । रातो तारा डट कम,नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । 

पहिलो खेलमा पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्णको सुखद अन्त्य गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो । नेपाल त्यस हारको बदला समेत लिन चाहन्छ । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताउनुभएको छ । 

बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । नेपालविरुद्धको दोस्रो खेलमा मुख्य प्रशिक्षक जेमी डे उपस्थित हुने छैनन् । कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो । 

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.