Websoft University

हस्पिटलको स्वास्थ्य सेवा स्तरिय- आरोहण गुरुकुल

 


 बिराटनगर मंसिर ४ गते । रातो तारा डट कम, सडक दुर्घटनामा परि घाइते हुनुभएका आरोहण गुरुकुलका कलाकार भरत कार्कीको उपचारमा न्यूरो हस्पिटलले प्रदान गरेको स्तरीय स्वास्थ्य सेवा प्रति आरोहण गुरुकुलले धन्यवाद व्यक्त गरेकोछ ।

गुरुकूलका पदाधिकारीहरुले , कलाकार कार्कीको उपचारमा स्वास्थ्य सेवा प्रदान गर्नुहुने न्यूरो हस्पिटलका मेडिकल डाइरेक्टर एवम बरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोका साथै उहाँको चिकित्सकिय टोली प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।  

गत शुक्रबार साँझ विराटनगरको बरगाछीमा दुर्घटनामा परि आरोहण गुरुकुलका कलाकार भरत कार्की गम्भिर घाइते हुनुभएका थिए । अचेत अवस्थामा भेटिएका उनको विराटनगर स्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । हाल उनले पाएको स्वस्थ्य सेवाबाट लाभान्वित हुँदै , उनलाई डिस्चार्ज गरिएको छ । 

आराहण गुरुकुलका व्यवस्थापक दीपेश भण्डारीले , उपचारका लागि न्यूरो हस्पिटलबाट भएको तदारुक्ता , उच्च रेखदेख सहितको स्तरीय स्वास्थ्य सेवा र सहयोगको उच्च मुल्याङकन गर्दै धन्यवाद व्यक्त गरेको बताउनुभयो । 

अस्पतालले समाजिक उत्तर दायित्वका लागि बिभिन्न समाजिक कार्य गर्दै आइरहेकोमा कलाकार कार्कीको उपचार खर्चमा समेत सहयोग गरेको हो  । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.