Websoft University

खैरोहिरोईन ब्राउनसुगर सहित भारतिय नागरिक पक्राउ

 


झापा,कात्तिक-१६ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित भारतिय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्जिलिङ पश्चिम बङगाल खोरोबारीका २५ बर्षीय साधिक आलम रहेका छन ।


लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आलमलाई हिजो अपरान्ह पौने ४ बजे नियन्त्रणमा लिएक थियो । नियन्त्रण पश्वात उनि माथी चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाई छिपाई राखिएको २६ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रही कार्यालयले झापाले जनाएको छ । पक्राउ परेका आलम उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.