Websoft University

महानगरमा वडाअध्यक्ष सहित दर्जन को मृत्यु


काठमाडौं असोज २५ गते । रातो तारा डट कम, आइतबार विहान कोरोना भाइरस संक्रमणबाट एकजना जनप्रतिनिधिसहित करिब दर्जन व्यक्तिको ज्यान गएको छ । भरतपुर महानगरपालिका- २० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना कारण ज्यान गएको छ ।

भरतपुर अस्पतालका अनुसार कोरोना संक्रमणपछि उपचार गराइरहेका ६९ वर्षीय तामाङको उपचारको क्रममा आइतबार बिहान ११:३० बजे निधन भएको हो। असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज २३ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । त्यसअघि उनलाई भरतपुरकै पुष्पाजली अस्पतालमा तीन दिन उपचार गरेर डिस्चार्ज गरिएको थियो ।

फेरि स्वास्थ्यमा समस्या आएपछि उनलाई भरतपुर अस्पताल ल्याइएको थियो । मधुमेह, उच्च रक्तचापको समस्या भएका उनमा अक्सिजनको मात्रा ४० मा झरेपछि सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.