Websoft University

लागुऔषध सहित दुई जना पक्राउ


सुनसरी,असोज-२० गते । रातो तारा डट कम, सुनसरीको इनरुवा-७ वर्छवा चोक स्थितबाट दुई जना प्रतिबन्धीत लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी हरिनगर-७ कविलासा घुस्की बस्ने १९ बर्षीय उपेन्द्र सरदार र सोही स्थानका अर्का १९ बर्षकै हरिशंकर सरदार रहेका छन । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज दिउसो साढे १२ बजे नियन्त्रणमा लिएको थियो । ज ८ प ५९३६ नम्बरको मोटरसाईकलमा आएका दुबै जना उपर चेकजाँच गर्दा उनिहरुले प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको  DIALEX-DC ८९ बोतल, SPASMO PROXYVON ७६८ क्याप्सुल र Nitravet ४२० ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसरी लागुऔषध सहित प्रकाउ परेका उपेन्द्र र हरिशंकर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.