Websoft University

७७ हजार २७७ जना आज सम्म नेपालमा सङ्क्रमणमुक्त भए

 


 काठमाण्डौ असोज २७ गते । रातो तारा डट कम, नेपालमा हाल सम्म कोरोनाका कारण सङ्क्रमित भएका मध्ये ७७ हजार २७७ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४ सय ७३ जना सङ्क्रमणमुक्त भएका छन् यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको र यो संगै नेपालमा कोरोना हुनेको सङ्ख्या १ लाख ११ हजार ८ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । आज थपिएका  सङ्क्रमितमध्ये २ हजार २८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् । यससँगै कुल सङ्क्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । हाल देशभर ३३ हजार ८८० सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित मध्ये ६४५ जनाको मृत्यु भएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.