Websoft University

इन्द्र बहादुर खड्काको घर अचानक आगलागी हुँदा घर जलेर नस्ट



मोहन कुमार राई चैनपुर  आसोज १९ गते । रातो तारा डट कम,संखुवासभा, चैनपुर नगरपालिका ६ स्थित क्याम्पस चोकमा रहेको इन्द्र बहादुर खड्काको घर अचानक आगलागी हुँदा घर जलेर नस्ट भएको छ । 

आगालागि भएको घरको घरधनी घरमा नभएको हुँदा आगालागिबाट के कती क्षती भयो क्षतीको विवरण आउन बाकी छ  । खड्काका परिवार  केही समय अघि देखि इटहरीमा वस्तै आएको र घरमा खड्काका ससुरा ८२ वर्षे भैरव बहादुर वस्नेत र एक नातीनी  वस्दै आएको थियो । 

विहान ४ः४५ बजेको समयमा ढुंगामाटोको गारो, जस्ताको छानो भएको ३ तले घर मा आगलागी भएको छिमेकीहरुले थाहा पाएपछि घरमा सुतिरहेको मानिसहरुलाई वाहिर निकालेकाले मानविय क्षती हुन नपाएको ससुरा वस्नेतले वताउनुभयो । स्थानीयवासी, प्रहरी, शसस्त्र प्रहरीको सहयोगमा  आगो नियन्णमा आएको थियो । आगलागी सँगै घरभित्र रहेको खाना पकाउने ग्यासको सिलिण्डर पटक पटक पड्कदा आगोकोमात्र बढ्काले चाडो नियन्त्रण गर्न कठिन भएको स्थानीयहरु वताउछन् ।  

स्थानीयले आगलागी भए लगत्तै प्रहरीलाई खबर गरेपछि प्रहरी टोली समेत घटना स्थलमा आइपुगेका थिए । इन्द्र बहादुर खड्काका छोरा मदन खड्काले मानविय क्षती हुनबाट जोउाने स्थानीय छिमेकी, साथीभाई, तथा सुरक्षा नियकायलाई धन्यवाद दिँदै घटनाको कारण विद्युत सर्टभएर वा कसैले नियतवस उक्त घटना घटायो गहिरो अनुसन्धान गरिदिनहुन सरोकारवाला, प्रहरी प्रशासन, नगरप्रमुख,  वडाप्रमुख सबैमा विशेष अनुरोध सामाजिक सञ्जाल फेसवुकमार्फत जनाउनुभएको छ । 

उसो त केही दिन अघि अम्बर बहादुर कार्कीको गाइवस्त बाधेको मतानमा पनि आगालागी भएको थियो । 
घरमा आगलागी  विद्युत लाइन सर्ट भएर हो या अन्य कुनै कारणले आगलागी  भएको हो थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.