Websoft University

प्रदेश १ मा ४१९ संक्रमित थपिए

 


विराटनगर, २७ असोज । रातो तारा डट कम,  प्रदेश १ मा आज ४१९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४४, मोरंगमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सुनसरीको धरानमा २११ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ८१ महिला र १३० पुरुष छन् । सुनसरीकै इटहरीमा ११९ र इनरुवामा १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

मोरंगको विराटनगरमा ३१, रतुवामाईमा १२, बुढीगंगामा ७, कटहरीमा २, सुन्दरहरैचा, मिक्लाजुङ, धनपालथान र लेटाङमा १–१, झापाको दमकमा ५, विर्तामोड र गौरादहमा १–१, उदयपुरको बेलकामा ३, रौतामाईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता भोजपुरको पडानन्द, पाँचथरको कुम्बायक र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार १७० पुगेको छ । 

प्रदेश १ मा आज १९ जना डिस्चार्ज भएका छन्  । मेची अस्पतालबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ४–४, धाईजन आईसोलेसन केन्द्रबाट २ र होमआईसोलेसनबाट १ जना डिस्चार्जभएकाछन् । हालसम्म ४ हजार ८७३ जना डिस्चार्ज भएका छन । 

प्रदेश १ मा आज १ हजार २३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५५ महिला र २६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ३९ हजार ९२८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.