Websoft University

नेपालमा जम्मा सङ्क्रमितको संख्या एक लाख १५ हजार ३ सय ५८ पुगे


काठमाण्डौ असोज २७ गते । रातो तारा डट कम, नेपालमा थप ३ हजार ५ सय ५६ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यो संख्यामा सङ्क्रमित थपिएका हुन् । 

योसँगै नेपालमा जम्मा सङ्क्रमितको संख्या एक लाख  १५ हजार ३ सय ५८ पुगेको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ जना कोरोनामुक्त भएको जानकारी दिँदै हालसम्म ७८ हजार ७ सय ८० सङ्क्रमित डिस्चार्ज भएको बताएको छ । पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । 

योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको हालसम्मको संख्या ६ सय ६३ पुगेको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ जिल्लामा १ हजार ७ सय ४६, ललितपुरमा २ सय १६ र भक्तपुरमा १ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.