Websoft University

संघीय सांसद ३ सय ३४ जनामध्ये हालसम्म ५ जनाले दशैं भत्ता फिर्ता गरे–तीन सय २९ जनाले चै झ्वाम पारे ?


काठमाण्डौ कार्तिक ३ गते । रातो तारा डट कम, महामारीका बेला दसैं भत्ता बुझेको भन्दै आलोचना भएपछि सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरूले धमाधम भत्ता फिर्ता गर्न थालेका छन् । 

संसद सचिवालयका अनुसार दुबै संसदका सभामुख, अध्यक्ष, सदस्य गरि ३ सय ३४ जनामध्ये हालसम्म ५ जनाले दशैं भत्ता फिर्ता गरेका छन् । सचिवालयका सह प्रवक्ता दशरथ धमलाले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापा र राष्ट्रिय सभाका अध्यक्षले नगद नै फिर्ता गर्नु भएको र बाँकी ३ जनाले भत्ता फिर्ता गर्ने भनेर पत्र दिएको जानकारी दिनुभयो । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद भीम रावलले पनि संघीय संसद सचिवालयलाई हिजो पत्र लेख्दै भत्ता कट्टा गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री, सरकारका मन्त्रीहरूबाहेक संसद सचिवालयले यस वर्षको दशैं भत्ताका लागि भन्दै झन्डै २ करोड रकम निकासा गरिसकेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.