Websoft University

कन्टेनर भीरबाट खस्दा दुई जनाको मृत्यु

उदयपुर,असोज-२२ गते । रातो तारा डट कम,उदयपुर कटारी-८ स्थित सिद्धिचरण राजमार्गको दमारको भिर भन्ने स्थानमा हिजो अपरान्ह ५ बजे ना ५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई ७ सय मिटर तल खसि दुर्घटना भएको छ । 

कन्टेनर दुर्घटना हुदा कन्टेनर भित्र रहेका दुई जानको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । मृत्यु हुनेमा कटारीका ४५ बर्षीय मिन बहादुर मगर र अर्का तत्काल वतन नखुलेका राकेश कुमार यादव रहेका छन । उनिहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


यसै गरी कन्टेनरका चालक झापा दमकका योगेन्द्र दाहाल र सह चालक सुनसरी बहारका विजय भुजेल घाईते भएका छन । घाईते उनिहरुको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.