Websoft University

नगद सहित १८ जुवाडे पक्राउ


काठमाण्डौ असोज १८ गते । रातो तारा डट कम,दाङमा नगद सहित १८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पश्चिम दाङको बबई गाउँपालिका र राप्ती गाउँपालिकाबाट गएराती उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।  

देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसँहनिया बजारमा रहेको दर्शन खाजा घरबाट गएराती साढे दश बजे २ लाख ६० हजार एक सय २५ रुपैयाँ नगद सहित १० जना र बबईबाट २ लाख ६१ हजार ९ सय ९० रुपैयाँ नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी समित खड्काले जानकारी दिनुभयो । 

पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका वडा नम्बर ७ निवासी वर्ष ३७ का दिपेन्द्र बिक्रम शाह, वडा नम्वर ५ बस्ने वर्ष २९ का मोहन गाहा मगर, सुनिल स्मृति गाउँपालिका वडा नम्बर ७ रोल्पा निवासी वर्ष २८ का नारायण रोका मगर, राप्ती गाउँपालिका २ निवासी वर्ष ३० का बिक्रम राना, वडा नम्वर ८ बस्ने वर्ष ३० का श्याम गुरूङ, वडा नम्वर २ बस्ने वर्ष २८ का बसन्त बेल्वासे, वडा नम्वर ४ बस्ने वर्ष ३० का लक्ष्मण गिरी, वडा नम्वर ५ बस्ने वर्ष ३० का छोटेलाल चौधरी, वडा नम्वर ८ बस्ने वर्ष ४५ का बेल सिंह भैयामगर र वडा नम्वर २ बस्ने वर्ष ३८ का युवराज बुढा रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.