काठमाण्डौ असोज १८ गते । रातो तारा डट कम,सरकारले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका नआउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना संक्रमणको उच्च जोखिम देखिएको भन्दै यस्तो आग्रह गरेको हो । 
कोभिड–१९ सम्बन्धी नियमित जानकारीका क्रममा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अत्याआवश्यक काम नपरि उपत्यकामा सकभर कोही पनि नआउन आग्रह गर्नुभयो । उपत्यकामा यतिबेला सङ्क्रमणको दर बढीरहेको भन्दै सकभर काठमाडौं नआउन र आउनै परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर मात्र आउन प्रवक्ता डा. गौतमले आग्रह गर्नुभएको हो ।
 पछिल्लो समय काठमाडौं उपत्यकाका तीनै जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । अहिले लकडाउन खुले संगै खुल्ला बोर्डरको फाइदा उठाउदै तराइबाट काठमाण्डौ चल्ने सवारीका साधानहरुमा प्रया जसो धेरै यात्री भारतिय नागरिकहरु हुने गरेको पाइएकोछ । 
यो क्रम सरकारले छिटै रोक्न सकेन भने नेपालमा कोरानाको महामारी अझै बढ्े बिज्ञहरुको भनाइरहेको पाइन्छ । 
 
.gif) 

Post a Comment