सुनसरी असोज १७ गते । रातो तारा डट कम,सुनसरी ईटहरी उप(महानगरपालिका वडा नं। ६ बिरेन्द्र चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा पश्चिमबाट ईटहरी तर्फ श्रवण कुमार सिंहले चलाई ल्याएको ना ५ च १२६० नम्बरको पिक अप भेन गाडीलाई रोकी चेकजाँच गर्दा सोही गाडीको पछाडी डालामा ८ वटा हिलटेकको ट्याङकी भित्र रौ, नैनी, बिक्रेट र सिल्भरकार जातका ढेड कुईन्टल माछाहरु फेलापारी उक्त माछा खरिद बिक्री गर्ने कागजातहरु माग गर्दा सोही गाडीमा सवार रहेका सुजर बेलदारले कागजातहरु नभएको भनी बताएकोले उक्त पिकअप भेनका चालक, सह चालक र ना। ५ च १२६० नम्बरको माछा सहितको पिकअप गाडी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि श्री पशु क्वारेटाईन भेन्टावारी सुनसरीमा पठाईएको छ।
Post a Comment