सुनसरी असोज १७ गते। रातो तारा डट कम, सुनसरी इटहरी उमनपा वडा न. ६ स्थित पश्चिमलाईनबाट ऐ वडा नं. ५ जनतावस्ति तर्फ गईरहेको बा २ ख २७४१ न. को ट्रकको अगाडी पछाडी गर्दै दुईवटा मोटरसाईकल शंकास्पद रुपमा गुडिरहेको अबस्थामा यस कार्यालयबाट खटिएको गस्ति टोलिले फेला पारी उक्त ट्रक ऐ. वडा नं. ५ माझीटोल स्थित सार्वजनिक सडकमा पुग्दा रोकी चेक जाँच गर्दा अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको सुर्ति जन्य पदार्थ ५० बोरा फेला पारी, स्कटिङ गर्ने को ५ प ४३९८ न. को मोटरसाईकल समेत बरामद गर्नुका साथै मोटरसाईकल चालक जि. सुनसरी भोक्राहा ९ वस्ने वर्ष २२ को पर्वत पौदार, उक्त ट्रक चालक जि. दोलखा मेलुङ १ वस्ने वर्ष ३६ को ज्ञानु कार्की समेतलाई पक्राउ गरी निम्न परिमाणका तल उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि आजै सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेज सुनसरी पठाईएको ।
सामानको विवरण परिमाण मुल्य कैफियत
१ सनको वोरामा प्याक रहेको खुल्ला खैनी ५० वोरा १२०० केजी प्रति केजी ३००,को दरले ३६०,००० तिन लाख साठी हजार
२ को १४ प ७०२३ न। को रातो कालो होण्डा कम्पनीको साईन १ थान ३५०००। पैतिस हजार मात्र ,
३ को ५ प ४३९८ न। को कालो होण्डा साईन १ थान ३५०००। पैतिस हजार मात्र ,
५ वा २ ख २७४१ न, १ थान १०,००,०००। दश लाख मात्र
जम्मा १४, ३०, ०००।–चौध लाख तीस हजार।
Post a Comment