Websoft University

सिहंदेवि सामुदायिक बन समितिले बितरण गर्यो तान मेसिन

  


मोरङ  बेलबारी असोज २६ गते । रातो तारा डट कम, मोरङको बेलबारी ८ मा रहेको सिहदेवि सामुदायिक बन उपभोक्ता समुहले महिलाहरुलाई ब्याबसायिक बनाउने उदेश्यले हाते कपडा बुन्ने तान मेसिन बितरणगरेकोछ । २० जना महिला पपभोक्ताहरुलाई एक कार्यक्रमको आयोजना गरी सामुदायिक बन उपभोक्ता समुहले कपडा बुन्ने हाते तान हस्तान्तरण गरेको छ । विपन्न परिवारका उपभोक्ताहरुलाई नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले हाते तान हस्तान्तरण गर्नु भएको हो  ।


हस्तान्तरण गर्दै नगर प्रमुख सुवेदीले गरिवि निवारणका लागि सामुदायिक बनहरुको भुभिका उच्च रहेको बताउनु भयो  । उहाँले बेलबारी नगरपालिकाले गविरसँग नगरपालिका नामनै दिएर गरिवि निवारणका लागि काम गरीरहेको बताउनु भयो । उहाँले सामुहिक ब्याबसायिक  खेति गर्नेहरुलाई नगरपालिकाले सहयोग गरीरहेको समेत बताउनु भयो । 


हामीले न्यून ब्याजदरमा आफना नगरपालिका भित्र बसोबास गर्ने नागरीकहरुलाई लगानि गरेर आफनै देशमा ब्याबसायिाक बनाउने योजनामा लागेका छौ नगर प्रमुख सुवेदीले भन्नु भयो बैदेशिक रोजगारी बाट फर्केका युवा तथा सिप भए पनि आर्थीक अबस्था कमजोर भएर ब्याबसायिक बन्न नस्क्नेहरुका लागि नगरपालिकाले सहयोग गर्छ । 

मासु उत्पादनका लागि बोयर बाख्रो स्रोत केन्द्रकारुपमा बेलबारीलाई बिकास गर्ने कार्यक्रम अगाडि बढाइएको समेत उहाँले बताउनु भयो । उहाँले नगरपालिकाले गरेका कार्यक्रम समुदाय लक्षित भएको बताउनु भयो । 

यस्तै सिहदेवि सामुदायिक बन उपभोक्ता समितिले प्रत्येक बर्ष महिलाहरुलाई ब्याबसायिक बनाउन लागि तालिम देखी औजार समेत बितरण गर्ने गरेको बन समुहका अध्यक्ष समर बहादुर बस्नेतले बताउनु भयो । उहाँले गत आवमा ६० जना महिलालाई सिलाई कटाई तालिम दिएको बताउनु भयो  । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.