बिराटनगर असोज १९ गते । रातो तारा डट कम, सुनसरी ईटहरी उमनपा वडा नं. २ तालतलैया पार्कको जंगलमा २२ वर्षिय युवतिलाई बिवाह गर्छु भनी ललाई फकाई जवरजस्ती करणी गरी बिषादी समेत खुवाई ज्यान मार्ने कोशिस गरेको घटनाका फरार प्रतिवादी जिल्ला मोरङ ग्राम थान गाउँपालिका वडा नं. १ लखनतरी बस्ने बर्ष ३० को बिकास कुमार खाँ लाई मिति २०७७।६।१७ गते ईलाका प्रहरी कार्यालय ईटहरीको सक्रियता र जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा निजकै गाँउघर एरियावाट पक्राउ गरी मिति २०७७।६।१८ गते सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको ।
Post a Comment