Websoft University

ठगी गर्दै हिड्ने युवक पक्राउ


 भोजपुर असोज १९गते । रातो तारा डट कम, जिल्ला भोजपुर अरुण गाँउपालिका वडा न-५ याकु घर भई हाल जिल्ला सुनसरी ईटहरी-६ संगित चौक बस्ने पुर्ण बहादुर राईलाई  विदेश पठाई दिन्छु एजेन्ट हुँ भन्दै रु २,००,०००।- ( दुई लाख) नगद लिई फरार रहेका  प्रतिबादी सुमन कार्की क्षेत्री (कुस्मा नगरपालिका वडा न-११ स्थाई घर भई ईटहरी उपमहानगरपालिका- ४ मा अस्थायी बसोवास गर्ने वुबा भिम बहादुर कार्की) लाई इलाका प्रहरी कार्यालय इटहरीको सक्रियतामा जिल्ला प्रहरी कास्कीको एरियावाट मिति २०७७।०६।१६ गते पक्राउ गरिएको थियो ।  पिडित पुर्ण वहादुर राईको मिति २०७६।११।१९ गतेको जाहेरीवाट ठगी शिर्षकमा मुद्दा दर्ता भएका प्रतिवादी कार्की वारदात मितिबाटै फरार रहेका थिए । निजलाई मिति २०७७।०६।१८ गते सम्मानित सुनसरी जिल्ला अदालतमा पेश गरी थप अनुसन्धानका लागी म्याद लिई अनुसन्धान भईरहेको । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.