Websoft University

सामाजिक विकास मन्त्रालय र धनकुटा नगरपालिकावीच सूचना प्रविधि संवन्धि तालिम सञ्चालनका लागि सम्झौता

 


विराटनगर, २५ असोज । रातो तारा डट कम, प्रदेश १ सामाजिक विकास मन्त्रालयले धनकुटाका शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम सञ्चालनका लागि सम्झौता गरेको छ । 

विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालनका लागि मन्त्रालयले धनकुटा नगरपालिकासँग सम्झौता गरेको हो ।

सूचना प्रविधि संवन्धि तालिम सञ्चालनका लागि  धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीवीच सम्झौता भएको छ । 

मन्त्रालयले इलामको सुर्योदय नगरपालिका, झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, मोरंगको सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिका, सुनसरीको धरान, इनरुवा, इटहरी बराहक्षेत्र, उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता गरिसकेको छ ।  पहिलो चरणको तालिम मन्त्रालयले गत असोज १५ गतेदेखि शुरु गरेको छ । 

धनकुटामा मन्त्रालय मातहतका कार्यालयको अनुगमन

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले धनकुटामा मन्त्रालय मातहतका कार्यालयहरुको अनुगमन गरेको छ । शुक्रबार र आईतबार गरि आधा दर्जन बढी कार्यालयको अनुगमन गरिएको छ । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको टोलीले प्रदेश संग्राहलय, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, शिक्षा विकास निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र लगायतको अनुगमन गरिएको छ । मन्त्रालय मातहतका कार्यालयहरुको अनुगमन गर्दै सचिव कार्कीले विभिन्न जानकारीहरु लिनुभएको छ । सचिव कार्कीले धनकुटा औद्योगिक ग्राम परिसरमा निर्माण गरिएको २० वेड क्षमताको आईसोलेसन केन्द्रको पनि अनुगमन गर्नुभएको छ । आईसोलेसन केन्द्रमा लक्षण सहितका संक्रमितहरुलाई राख्ने गरिएको छ । 

धनकुटामा पोषण संवन्धि प्रशिक्षक प्रशिक्षण तालिम

सामाजिक विकास मन्त्रालयले धनकुटामा १४ वटै जिल्लाका स्वास्थ्य कार्यालयका कर्मचारीहरुलाई पोषण संवन्धिको ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ । स्वास्थ्य कार्यालय कर्मचारीले स्थानीय तहका स्वास्थ्य प्रतिनिधिलाई पोषण संवन्धिको तालिम दिने छन् । तालिम समापन कार्यक्रममा मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव महेता, तालिम प्रमुख रोहित पाण्डे लगायतको सहभागिता रहेको थियो ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.