Websoft University

विराट साहित्य संगमद्वारा दुईजना साहित्यकार सम्मानित


विराटनगर  असोज २५ गते । रातो तारा डट कम, विराट साहित्य संगम विराटनगरले साहित्यका विभिन्न विधामा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गरेको छ । 


विराटनगरमा आयोजित कार्यक्रममा नवलपरासीकी साहित्यकार भगवती पाण्डेलाई नगद ११ हजार ६ सय ६६ रुपैयाँसहित सम्मान गरेको हो । संगमले हरेक वर्ष  साहित्यकारलाई सम्मान गर्दै आएको छ । यसैलाई निरन्तरता दिदै यस वर्ष यमुनादेवी–वैजनाथ भट्टराई स्मृति विराट साहित्य संगम पुरस्कारबाट पाण्डेलाई सम्मान गरिएको हो । पाण्डेलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ नगद प्रदान गरिएको थियो । 

त्यस्तै संगम  मासिक पत्रिकामा नियमित रचनाहरु प्रकाशन गरि सहयोग गर्ने सुनसरी इनरुवाका साहित्यकार खेमराज खनाल (खखेरा)लाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । खखेरालाई दोसल्ला ओढाएर नगद २ हजार ५ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । दुवैजना स्रष्टालाई प्राध्यापक हरिहर भण्डारी, आयोजक संस्थाका अध्यक्ष ऋतु आसिक, कविता चापागाईंलगायतले सम्मान गरेका थिए । सोही समारोहमा साहित्यकार भवानीप्रसाद पोखरेलले चौथो कृति सपना कथासंग्रहको विमोचन गरिएको थियो । संग्रहमा २१ वटा कथाहरू समेटिएका छन् । विमोचित कृतिका विषयमा हरि कट्टेल र ममता श्रेष्ठले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार मधु पोखरेल, रामबाबु दाहाल, राष्ट्र सेवक सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको संगमका सचिव गोपाल निर्भिकले जानकार गराए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.