Websoft University

नेपालमा आज सम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगे

 


काठमाण्डौ असोज २८ गते । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२  जनालाई  कोरोना देखिएको छ ।  

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनालाई कोरोना पुष्टि भएको छ । उपत्यकामा भने कोराना सङ्क्रमितको संख्या ४१ हजार ७८९ पुगेको छ । देशभर कूल सङ्क्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ । 

२४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । देशभर ३६ हजार ३६७ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १२ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा सङ्क्रमितको मृत्यु संख्या ६७५ पुगेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.