Websoft University

लुटेराको कुटपिटबाट एक जनाको मृत्यु


काठमाण्डौ असोज २३ गते । रातो तारा डट कम,भक्तपुरमा  जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा गएराती जग्गा देखाउन गएका स्थानीयवासी ६१ वर्षीय चन्द्रकुमार योञ्जनको मृत्यु भएको हो ।

अस्ति बुधबार भएको कुटपिटबाट गम्भीर घाइते योञ्जनलाई मध्यपुर अस्पताल भक्तपुर  लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको र उपचारका क्रममा गएराति  मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले जानकारी दिनुभयो । 

कुटपिट गर्ने अपरिचित व्यक्तिले योञ्जनलाई घाइते बनाएर साढे दुई तोलाको सुनको सिक्री लुटेर लगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.