Websoft University

अनलाइन कक्षाले बालबालिकाको आँखामा गम्भीर समस्या आउने भन्दै अभिभावकहरुको चिन्ता बढ्यो

 

काठमाण्डौ असोज २३ गते । रातो तारा डट कम,‘दृष्टि प्रतिको आश’ नारासहित हिजो विश्व दृष्टि दिवस मनाइएको छ । दिवस मनाइरहँदा कोरोना महामारीका कारण उत्पन्न परिस्थितिले बालबालिकाको दृष्टिमा असर पार्न सक्ने भन्दै चिन्ता सुरु भएको छ । 

विद्यालयहरू बन्द भएपछि बालबालिका अहिले अनलाइनको माध्यमबाट पढिरहेका छन् । खाली समयमा मोवाइल र कम्युटर चलाउने बानी बढेसँगै बालबालिकाको आँखामा असर पर्न सक्ने भन्दै अभिभावक पनि चिन्तित छन् । माध्यमिक वा निम्न माध्यमिक तहका बालबालिका मात्रै होइन, शिशु कक्षा र प्राथमिक तहका बालबालिका पनि अहिले अनलाइनबाट पढिहरेका छन् । 

अत्याधिक मोवाइल र कम्युटर चलाउँदा बालबालिकामा आँखा सम्बन्धी समस्या देखिन थालेको छ । कोरोना महामारीले शैक्षिक क्षेत्र ठप्प हुँदा सरकारले नै बैकल्पिक शिक्षालाई जोड दिएको छ । यसले दीर्घकालिन रुपमा बालबालिकाको स्वास्थ्यमा असर पर्ला कि भन्ने चिन्ता अभिभावकलाई छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.