Websoft University

कृषि समचार, गाउँमै नर्सरी स्थापना भएपछि किसान खुसिले गदगद भए

काठमाण्डौ कार्तिक २ गते । रातो तारा डट कम, कृषि समचार, पर्वतको कुश्मा नगरपालिकामा एक वडा एक नर्सरी कार्यक्रम अन्तर्गत सबै वडामा कृषि नर्सरी स्थापना गरिएको छ । नर्सरी स्थापना भएपछि किसानले मौसम र माटो अनुकुलका विरुवा प्राप्त गरिरहेका छन्  भने  बाँझो जमिनको उपयोग गर्दै खेती विस्तार गर्ने अभियानको पनि थालनी भएको छ ।  

कुश्मा नगरपालिका ७ मा २०७५ असोजमा नर्सरी स्थापना गरि एक वडा एक नर्सरी अभियान शुरु भएको थियो । अहिले १४ वटै वडामा नर्सरी स्थापना गरिएको छ । नर्सरीमा मौसमी, बेमौसमी फललफूल तथा तरकारीका बिरुवाहरु पाइन्छ । गाउँमा नर्सरी स्थापना भएपछि मौसम अनुकुल विरुवा पाईएको बताउनुहुन्छ अगुवा कृषक गोबिन्द पौडेल । नगरपालिकाको सहयोगमा स्थापना गरिएका नर्सरीमा मौसम र माटो अनुसार २४ प्रकारका तरकारी र फलफुलका विरुवा उत्पादन भई खपत हुँदै आएको छ । 

वार्षिक रुपमा नर्सरी सञ्चालकलाई नगरपालिकाले ३५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । नर्सरीले किसानलाई बजार मुल्य भन्दा ५० देखि ७० प्रतिशत छुटमा विरुवा उपलब्ध गराउनुपर्ने कुश्मा नगरपालिका ६ मा नर्सरी स्थापना गर्नुभएका केशमाया पुरी बताउँनुहुन्छ ।  किसानले लगाउन चाहेको तरकारीको बिरुवा कम्तीमा एक महिना अघि माग गर्नुपर्छ । नर्सरीले ५० प्रतिशत अनुदानमा बिरुवा बिक्री वितरण गर्ने छ । किसानले बिरुवा माग गर्दा ५० प्रतिशत छुटसहित नगद भुक्तानी गरेर रसिद लिनुपर्छ । 

माग भएका बिरुवाको आधारमा नर्सरीले बिरुवा उत्पादन सुरु गर्नेछ । नगरपालिका कृषि शाखाका प्रमुख बलबहादुर जिटीले कार्यक्रमलाई अझै विस्तार गर्ने सोचमा रहेको जानकारी दिनुभयो ।  कुश्मा नगरपालिका आफ्नो नगरलाई तरकारी र फलफुलमा आत्मानिर्भर बनाउने र बाँझो जमिन उपयोग गर्ने अभियानमा छ । एक वडा एक नर्सरीले नगरको योजनामा सहयोग पुगेको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।  

नर्सरी स्थापना भएपछि विरुवा खोज्दै बजार धाउनुपर्ने बाध्यता मात्रै हटेको छैन हावापानी अनुकुल विरुवा पाएपछि किसानलाई सजिलो भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.