Websoft University

घरमै पुगेर ह्वील चेयर बितरण गर्दै नगर प्रमुख सुवेदी

 


बेलबारी असोज २९ गते । रातो तारा डट कम, मोरङको बेलबारी नग।पालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले अपागता भएका ब्यात्तिहरुलाई घर घरमै पुगेर सहायक सामाग्रि ह्वील चेयर बितरण गरेका छन । बिहिबार बेलबारी मेयर सवेदीले बेलबारी ८ का पदम बिष्ट र बेलबारी ३ का पदम श्रेष्ठलाई घरमै पुगेर ह्वील चेयर बितरण गरेका हुन । 


बेलबारी–८ को रणपाल आधारभूत विद्यालयमा विष्ट शिक्षक हुन । उनि श्रीमती अस्मिता विष्टको साहरामा बिद्यलायमा जाँदा आउने जाने गर्छन । एउटा पुरानो भइसेको ह्वील चेयर थियो पदमकी श्रमिती अस्मिताले भनिन अहिले नगर प्रमुख आफैले खोज्दै आएर दिनु भएको छ यसले ठुलो राहत भएको महसुस गरेकी छु । 


ह्वील चेयरमै बसेर विभिन्न काठका सामाग्रिहरु बनाउदै आएका बेलबारी ३ का ५४ वर्षीय श्रेष्ठलाई केहि समयम अघि नगर प्रमुख सुवेदीले घरमै पुगेर केहि उपकरणहरु बितरण गरेका थिए । मोटर ड्रिल मेसिन, भ्याक्सो मेसिन, प्लेञ्जो मेसिन लगायतका उपकरण नगर पमुखले आफै घरमै आएर दिनु भएको थियो श्रेष्ठले भने मलाई उहाँलेनै आएर ह्वील चेयर पनि दिनु भयो । उनले उपकरण पाएपछि सामाग्रिहरु बनाउन थप सजिलो भएको समेत बताए । रोटीमेकर, ऐनाहरू, हातेपंखा,मदानि तराजु, मोवाइल स्टेन, लगायतका सामाग्रिहरु उनले बनाउने गरेका छन । उनि अपागता भएपनि आफनो परिवारको साहारा बनिरहेका छन ।  

अपागता भएका ब्यात्तिहरुलाई भित्र बाहिर गर्न सजिलो होस भनेर बितरण गरीएको नगर प्रमुख सुवेदीले बताए । आफनो नगर क्षेत्र भित्र अपागता भएका ब्यात्तिहरुलाई आवश्यकता अनुसार ह्वील चेयर तथा अन्य सहायक सामाग्रिहरु बितरण गरीने नगर प्रमुख सुवेदीको भनाई रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.