Websoft University

तातोपानी नाका आजबाट सञ्चालन हुने, ११ कन्टेनर कपडा र कच्चा पदार्थ भित्रिदै,


काठमाण्डौ असोज १९ गते । रातो तारा डट कम, गत असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएसँगैं आइतबारबाट चिनियाँ सामग्री आउन सुरु गरेको छ । हिजो ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको हो । भन्सार जाँचपास पछि केही दिनमा ती सामग्री काठमाण्डौं पठाइनेछ । कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड अनलोड गर्न तयारी अवस्थामा राखेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.