काठमाण्डौ असोज १९ गते । रातो तारा डट कम,महान्यायाधिवक्ताको कार्यालयले बलात्कारका घटनामा लगातार सुनुवाइका लागि ७ दिनभित्र अदालतमा निवेदन दिन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । मुलुकी फौजदारी कार्यविधि नियमावलीमा नेपाल सरकार वादी भई चलेको फौजदारी मुद्दामा सबै प्रतिवादी उपस्थित गराइएकोमा वा प्रतिवादी उपस्थित हुने अवधि समाप्त भएपछि लगातार कारबाही र सुनुवाई गरी किनारा गर्ने महान्यायाधिवक्ता कार्यालयले जानकारी गराएको छ ।

Post a Comment