Websoft University

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ कोरोना संक्रमित थपिए,नेपालमा ५३ हजार १३ जना संक्रमित पुगे, उपचार पछि सबै घर फर्किसकेका छन ।


काठमाण्डौ असोज १० गते । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना गरी जम्मा ७२४ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २० हजार ६९८ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 

पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।  

मन्त्रालयका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्। 

पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५३  हजार १३ जना संक्रमित  उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७३।८ प्रतिशत हो। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.