Websoft University

नोवेल कोरोना भाइरसबारे गलत प्रचार गर्दै हिँड्ने चार जनालाई कारबाही


काठमाण्डौ भाद्र ३० गते । रातो तारा डट कम, जिल्ला प्रशासन कार्यालय लमजुङले कोरोना भाइरसबारे गलत प्रचार गरेका व्यक्तिलाई कारबाही गरेको छ । प्रशासन कार्यालयले सामाजिक सञ्जालसँगै कोरोना सङ्क्रमित परिवारलाई भेटेर कोभिड–१९ का बारेमा गलत प्रचार गरेका ४ जनालाई कारवाही गरेको हो । 

कारबाहीमा पर्नेमा बेसीसहर नगरपालिका– ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीया महिला, ७ कै ४९ वर्षिय पुरुष र ११ का २९ वर्षीय पुरुष रहेका छन् । उनीहरूलाई प्रशासन कार्यालयमा बोलाएर कारबाही स्वरूप प्रतिव्यक्ति पाँच सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । 

उनीहरूले अनावश्यक रुपमा कोरोना रोगको गलत प्रचारसँगै कोरोना सङ्क्रमितको परिवार र समाजमा भ्रम फैलाएकाले कारबाही गरिएको प्रजिअ शर्माको भनाइ छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरूलाई ६ महिनासम्म कैद सजाय हुने भएपनि पहिलोपटक भएकाले कारबाही स्वरूप उक्त जरिवाना लिएर छाडेको प्रशासनले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.