Websoft University

नेपाली कांग्रेसका क्षेत्रिय सभापतिद्धारा संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान

शिव भट्टराई, मोरङ। रातो तारा डट कम,नेपालमा कोराना भाइरसको महामारी तिब्र गतिमा फैलिरहेको अवस्थालाई मध्यनजर गदै सुन्दरहरैंचा सञ्चार समाजका क्रियाशील संचारकर्मीहरुलाई समाजसेवी तथा नेपाली कांग्रेस मोरङ् क्षेत्र नं ६ (क) का क्षेत्रिय सभापति देवराज तामाङ्ले स्वास्थ्य सुरक्षाका समाग्रीहरु वितरण गर्नुभएको छ ।

आज शुक्रबार संचारकर्मीरुलाई प्रतिब्याक्ति एउटा झोला, डायरी, २ वटा डटपेन, फेस कभर, सेनिटाइजर, ५ वटा के.एन.नाइन्टी फाइभ माक्स लगायतका विभिन्न स्वास्थ्य सामग्री  हस्तान्तरण गर्नु भएको हो ।
उहाँले कोरोना महामारीको बाबजुत जसरी डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी फ्रन्टलाइमा रहेर स्वास्थ्य सुरक्षा प्रदान गर्छन,त्यसरी नै पत्रकारहरुले फ्रन्ट लाइनमा बसेर आम नागरिकलाई सुचना सम्प्रेषण गरि सु–सुचित गर्ने, विभिन्न ठाउँहरुमा रिर्पोटिङ् गर्न जानुपर्ने बाध्यतालाई मध्यनजर गदै आफ्नो स्वार्थ भन्दा माथि उठेर आफुले उक्त स्वास्थ्य सामग्री वितरण गरेको बताउनुभयो ।
साथै उहाँले फ्रन्टलाइनमा बसेर काम गर्ने क्रममा संचारकर्मी संक्रमित भएमा उपचारको लागि प्रतिब्यक्ति ५० हजार सम्मको आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।यस्तै सुन्दरहरैंचा सञ्चार समाजका अध्यक्ष शिव भट्टराईले अहिले कोरोना भाइरसको महामारीको समयमा पनि जोखिम मोलेर कार्य गर्ने पत्रकारहरुको मर्म बुझेर सहयोग गरेकोमा सहयोगी हातलाई धन्यवाद दिनुभएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.