Websoft University

भोजपुरमा भदौ मसान्त सम्म लकडाउन कायमै रहने


काठमाण्डौ भदौं २५ गते । रातो तारा डट कम, भोजपुरमा जिल्लामा पुनः भदौ मसान्त सम्म लकडाउन गर्ने निर्णय गरिएको छ । दुई दिनको फरकमा बैंकका कर्मचारी,थुनुवा सहित ८ जनामा कोरोना देखिएपछि थप सर्तकताको लागि जिल्लालाई लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएकोछ ।

जिल्ला संकट व्यवस्थापन केन्द्र भोजपुरको आज बसेको बैठकले भदौ मसान्त सम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला भरका खाद्यान्न र तरकारी पसल विहान ६ बजेबाट ९ बजे सम्म र दिउँसो ३ बजेदेखि ५ बजे सम्म मात्र खोल्न पाउने गरी आज बाट लकडाउन  गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनुभयो ।  

त्यस्तै जिल्लाका सबै बजार पसल, अत्यावश्यक वाहेका सवारी साधन, निजी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, वित्तिय संस्था, बैंक, सहकारी, होटल लगाएतलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।  आज टेम्केमैयुङ गाउँपालिकाका २१ वर्षीय, भोजपुर नगरपालिकाका २८ वर्षीय र षडानन्द नगरपालिकाका २२ वर्षीय पुरुषमा कोरोना रहेको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिनुभयो ।

बैंकका कर्मचारीमा कोराना देखिएपछि राष्ट्रिय बाणिज्य भोजपुर साखाको कारोबार बन्द गरिएको छ । बुधबार भोजपुरको षडानन्द नगरपालिकाका–५ जनामा कोरोना पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या २० पुगेको छ भने ६ जना निको भएर घर फर्केका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.