Websoft University

अपाङगता भएका जीबन र रोशन राईले नागरिक्ता पाए


श्याम राइ - गाईघाट ८ असोज । रातो तारा डट कम,अपाङगता दुई दाजु भाई ले मंगलबार नागरिकता प्रमाण पत्र पाएका छन । उदयपुरको लिम्चुङवुङ गाउपालिका २ वासबोटे नर्थुङका जीबन र रोशन राई लाई जिल्ला प्रशासन कार्यालय उदयपुर ले नागरिकता प्रमाण पत्र दिएको हो । नागरिकता बनाउनकै लागी उनीहरु सोमबार बावु पुर्ण बहादुर र आमा रत्न कुमारी संग गाईघाट आएका थिए । जेठा जीबन को उमेर २० बर्ष र कान्छोको १८ वर्ष रहेको जिल्ला प्रशासन कार्यालय ले जनाएको छ । जन्मदा रामै्र रहेका ति दुई दाजु भाई लाई १० बर्ष अघि प्यारालाईसिस ले हानेर अपाङगता भएको बावु पुर्ण बहादर ले बताए । आर्थिक अबस्था कमजोर रहेको उनले छोराहरुको नागरिकता बनाउने चाहाना अनुरुप १० हजार रुपैया खर्च गरेर गाईघाट आएको बताए । म संग पैसा थिएन । गाउमै ऋण लिएर छोराहरु्को इच्छा पुरा गर्न गाडि रिर्जब गरेर आएको उनले बताए । बर्षाले गाइघाट आउने बाटो सबै बिगारेको ले निकै कष्ट गरी आईपुगेको उनले बिहीबार नै घर फर्कने बताए । वृद्धवृद्धा, अपाङगता भएका ब्यक्ती लाइ प्रशासन ले घर, घर मै पुगेर नागरिकता दिन्छ भन्ने सुनेको तर आफुले चाही त्यस्तो सुबिधा नपाएको उनले गुनासो गरे ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.