Websoft University

काठ सहित चार मोटरसाईकल बरामद


काठमाण्डौ भाद्र १९ गते । रातो तारा डट कम,कपिलवस्तुमा अवैध सालको काठ सहित चार वटा मोटरसाईकल बरामद गरिएको छ । मायादेवी साझेदारी बन क्षेत्र अन्तरर्गत वाणगंगा नगरपालिका १० गल्हीबाट अवैध रुपमा सालको काठ चोरी गरी लैजाने क्रममा बरामद गरिएको हो । डिभिजन वन कार्यालय पटना , सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश पटना र मायादेवी साझेदारी वन हेरालु समेतको संयुक्त टोलीले बुधबार राती गस्ती गर्ने क्रममा सो काठ र मोटरसाइकल बरामद गरेको सहायक वन अधिकृत मदन मोहन सयन्डीले बताउनुभयो । रातीको समयमा तस्करहरुले गस्ती टोलीलाई देखेपछि चोरी तस्करीमा संलग्न मोटरसाइकल समेत छाडेर भागेको उहाँले बताउनुभयो । दुई थान सालको गोलिया तस्करीको लागि लु ५ प १२०५ र लु १४ प २३६ नम्बर र दुई वटा नम्बर नभएका मोटसाईकल प्रयोग भएको पाइएको छ । फरार रहेको व्यक्तिको खोजी कार्य जारी रहेको राख्दै थप अनुसन्धान जारी रहेको डिभिजन वन कार्यालय कपिलबस्तुले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.