Websoft University

कृषि मल बितरकहरुलाई कृषि मन्त्रालयको आग्रह


काठमाण्डौ भाद्र १८ गते । रातो तारा डट कम,पर्याप्त मल नआएपछि मल लिन किसानको भिड बढेको छ । अधिकांश जिल्लाका सहकारीमा यतिबेला किसानको भिड बढेको छ । चाहेजति मल नपाउँदा मलका लागि सहकारीहरुमा लामो लाइन र भीडमा बस्नु अहिले किसानको बाध्यता बनेको छ । तर, सरकारले भिडभाड गरेर मल लिन नजान किसानलाई आग्रह गरेको छ । अब मलको अभाव नहुने भएकाले स्वास्थ्य सुरक्षाको मापदण्डलाई वेवास्ता गरी भिड नगर्न कृषि मन्त्रालयले आग्रह गरेको हो । यसैगरी सरकारले बंगलादेशबाट ल्याउन लागेको मल खरिदको प्रक्रिया सुरु भएको पनि उहाँले जानकारी दिनुभयो । कम्तिमा ७ देखि १० दिन खरिद प्रक्रियाका लागि लाग्ने र एक महिनाको अवधिमा मल नेपाल आइसक्ने पनि उहाँले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.