Websoft University

प्रदेश १ मा थप ३ जनाको मृत्यु, ७७ संक्रमित थपिए


विराटनगर, २७ भदौ । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरंगको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

प्रदेश १ मा आज ७७ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ४६ जनामा संक्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगको बुढीगंगामा ५ महिला ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचमा १ महिला, सुनसरीको इटहरीमा २ महिला ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६९६ पुगेको छ ।

प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन् । कालि सदन आईसोलेसन विराटनगरबाट २०, बैजनाथपुर आईसोलेसन विराटनगरबाट ९, मारवाडी सेवा सदन आईसोलेसनबाट ४ र कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार २१२ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये २९ महिला र ४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हाल सम्म १ लाख ६ हजार ९८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.