Websoft University

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या साढे ५३ लाख नाघे


काठमाण्डौ असोज ३ गते । रातो तारा डट कम, भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या साढे ५३ लाख नाघेको छ । दैनिक सङ्क्रमित सङ्ख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको छ । हिजो भारतमा ९२ हजार ७८९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५३ लाख ५ हजार ४ सय ५७ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ४२ लाख ५ हजार २ सय १ जना सङ्क्रमणमुक्त भएका छन् भने १० लाख १४ हजार ६ सय ४९ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ८५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ८५ हजार ६२५ पुगेको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.