Websoft University

राष्ट्रपतिको शुभकामना, दुई सय ८९ जना कदीहरुको बाँकी कैद माफी



काठमाण्डौ असोज ३ गते । रातो तारा डट कम, राष्ट्रपति विद्यादेवी भण्डारीले अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताउनुभएको छ । 

उहाँले जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्ष चरण सम्पन्न भएकाले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमानदार प्रयास जारी राख्न सबैमा आह्वान पनि गर्नुभएको छ  । 

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले देशभित्र र बाहिर रहनुहुने सबै नेपालीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि पाँच वर्षअघि आजकै दिन जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको थियो ।

त्यही ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्न संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा समेत मनाइने गरिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि लागू हुने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा २८९ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद माफी मिनाह गर्नुभएको छ । 

त्यसैगरी सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बिच कार्यक्रमहरु गरेर दिवस मनाइएको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.