Websoft University

नेपालमा आज सम्म सङ्क्रमितको संख्या ६५ हजार २ सय ७६ पुगे


काठमाण्डौ असोज ५ गते । रातो तारा डट कम, नेपालमा थप १ हजार १ सय ५४ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा यो संख्या थपिएको बताउनुभयो । 

योसँगै हालसम्मको जम्मा सङ्क्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ५ जना कोरोनामुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । 

कोरोनाबाट मृत्यु हुनेको जम्मा हालसम्मको संख्या ४ सय २७ पुगेको छ । सन्जालमा कोरोना केहि होइन भन्ने भ्रामक पोष्टहरु पनि आउने गरेकोले यस्तो कुरामा बिश्वस नगर्न र आफुहरु सुरक्षि भएर बस्न हिड आम जनमानसलाई सुझाएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.