Websoft University

सुन्दरहरैंचामा लामो समयको लकडाउन पछि विद्यालयमा सिकाई कक्षा सुरु !


शिव भट्टराई,मोरङ असोज १२ गते। रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ मा रहेको मदरल्याण्ड माध्यमिक विद्यालयले आइतबारदेखि सिकाई कक्षा सुरु गरेको छ ।

विशेषगरी ७,८,९ र १० कक्षाका विद्यार्थीहरुलाई बोलाएर मास्क, स्यानिटाइजर लगाएर पठनपाठन सुरु गरिएको प्रध्यानाध्यापक राम दाहालले बताए । ‘विद्यालयमा विद्यार्थी लिएर आफैँ अभिभावक आउनु पर्ने र ७ बजेदेखि १० बजेसम्म सामाजिक दूरी कायम गर्दै नियमित मास्क र स्यानिटाइजरको प्रयोग गरेर पढाउन सुरु गरेको उनी बताउँछन्। अनलाइन कक्षा पनि सञ्चालन गरिरहेको उक्त विद्यालयले सबै विद्यार्थीहरुको पहुँच नपुगे पछि आईतबारबाट सिकाई कक्षा सञ्चालन गरिएको उनले बताएका छन्।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण गत वैशाखदेखि विद्यालय बन्द छन् ।  

‘विद्यालयमा पठनपाठन बन्द हुँदा छात्र छात्राहरू फेसबुक, टिकटक , खोलामा माछा मार्नेजस्ता कार्यमा लागेको र उनीहरूको पढाइबाट ध्यान हटेको पाइएकाले सुरक्षाका विधि अपनाउँदै कक्षा सञ्चालन गर्दा विद्यार्थीहरूको पठन पाठन लाई असर नगर्ने अभिभावकहरू पनि बताउँछन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.