Websoft University

निजि स्तरबाट पहलो पटक पिसिआर ल्याब संचलानमा


 काठमाण्डौ असोज १२  गते । रातो तारा डट कम,लकडाउन खुले संगै संक्रमितको संख्या बढिरहेको अवस्थामा महामारिको जोखिम अझै बढेको तथ्याङकले देखाएको छ । यस्तो अवस्थामा बढि भन्दा बढि पिसिआर जाँच गर्नु र संक्रमितको उपयुक्त समयमा व्यवस्थापन गर्नु नै  आजको मुख्य आवश्यक्ता हो ।

हाल १ नं प्रदेशमा पिसिआर जाँच गर्न भएका मेशिनहरु मात्र प्रयाप्त नदेखिको बेला कोरोना बिरुद्धको लडाइमा सुरुवात देखिनै अग्रसर देखिएको न्यूरो अस्पतालले आज देखी १ नं प्रदशकै पहिलो अत्याधुनिक पिसिआर ल्याब संचालनमा ल्याएको छ । 

परिक्षणको संख्या बढाउनु पर्ने अवस्था रहेको बेला सरकारले न्यूरो अस्पताललाई निजि स्तरबाट पहिलो पटक कोरोना परिक्षण गर्न अनुमति दिएसंगै अब कोरोनाको परिक्षण केहि सहज हुने अनुमान गर्न सकिन्छ । 
न्यूरो हस्पिटलद्वारा संचालित कोभिड अस्पतालमा आर टि पिसिआर ल्याब संचालनमा आएको छ । स्वास्थ्य मन्त्रालयले आज स्वीकृति दिए संगै संचालनमा आएको अस्पतालले जनाएको छ । निजि स्तरमा प्रदेश १ मै पहिलो पटक न्यूरो अस्पतालले आर टि पिसिआर ल्याब संचालनमा ल्याएको हो । 

बिराटनगर १० स्थीति कोभिड अस्पतालमा अत्यधुनिक ल्याबमा ब्शगचभ कम्पनीको पिसिआर मेसिन तथा श्थदष्य कम्पनीको न्युकलिक एक्स्ट्रयाक्सन मेसिन जडान भए संगै सरकारले निर्धारण गरेका सम्पुर्ण परिक्षण तथा मापदन्डहरुमा उत्कृष्ट रहदै मन्त्रालयद्वारा मान्यता प्रदान गरिएको हो ।  

यस अत्याधुनिक पिसिआर ल्याबमा एक दिनमा १ हजार भन्दा माथि नमुनाको परिक्षण गर्न सकिने छ । ल्याब संचालन संगै १ नं प्रदेशमा अब नतिजाको लागि धेरै समय कुर्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको अस्पतालका अपरेशनल डाइरेक्रटर राजेश भट्टराईले बताए । उनले कोभिड बिरुद्धको लडाईमा कोभिड अस्पतालको संचालन पछि आर टि पिसिआर ल्याबको संचालनको रुपमा अर्को कोषे ढुङ्गा पार गरेको बताए । 
न्यूरो अस्पतालले १ नं प्रदेशमै निजि स्तरबाट पहिलो कोभिड अस्पताल संचालनमा ल्याएसंगै कोभिडको उपचारमा बिभिन्न प्याकेजहरुका साथै प्रादेशिक सरकार , समाजिक विकास मन्त्रालयसंगको समझौता पछि लक्षण भएका कोरोना संक्रमितको निःशुल्क उपचार समेत गर्दे आएको छ । 

हाल आएर आर टि पिसिआर ल्याबको संचालनले कोरोनाको संक्रमितको उपचारमा मात्र होइन् , अन्य बिरामीकोहरुको उपचारमा समेत सहजता प्रदान हुने अस्पतालका अस्पताल निर्देशक तथा कोभिड—१९ म्यानेजमेन्ट एण्ड रेस्पोन्स कमिटिका संयोजन ई रंजित राज बस्नेतले बताए ।

अस्पतालले पिसिआर जाँचको लागि ल्याबमा गई स्वाबको नमुना दिन सकिने अथवा घरबाटै स्वाब संकलन गर्न (होम सेम्पलेङ) सकिने व्यावस्था पनि मिलाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.