Websoft University

विदेशमा दुर्घटनामा परेका -सुन्दरहरैंचाका मान बहादुरलाई सहयोग



शिव भट्टराई, मोरङ असोज ४गते । रातो तारा डट कम,साउदी अरेबियाको जिजान सविया स्थित नेपाल मेलमिलाप प्रवासिय संघका स्थापक सदस्य तथा उपाध्यक्ष मान बहादुर मगर बिदेशमा दुर्घटनामापरेकाछन् ।

बैदेशिक रोजगारिका लागी लामो समयबाट साउदी अरबमा रहेका उनी २०२० जनवरी ३१ मा दुर्घटनामा परेका हुन्। सुन्दरहरैचा वडा न ७ मा रहेका मगरलाई बिभिन्न संघ संस्थाको सहयोगमा दुर्घटनामा परेको ७ महिना पश्चात नेपाल ल्याइएको छ । नेपाल मेलमिलाप प्रवासिय संघ, सुन्दरहरैचाका भ्रष्टाचार विरोधी युवा अभियन्ताहरु साथै बिभिन्न संस्थाको सहयोगमा नेपाल ल्याएपनि उनको उपचारका लागी ५ लाख माथि रकम लाग्ने नेपाल मेलमिलाप प्रवासी संघका सचिव कुमार तामाङ्गले जानकारी दिएका छन् ।
उनको उपचारका लागी हाल देश तथा बिदेशका बिभिन्न संघ

सस्थाबाट सहयोगको रकम जुटि रहेको छ । हाल मगरको उपचार खर्चका लागी नेपाल मेलमिलाप प्रवासिय संघका पदाधिकारीहरु कुमार तामाङ्ग, अमर तामाङ्ग, डिल्लिसेर बुढाथोकी , सन्तोष लिम्बु, जीतबहादुर लामा, कृष्ण घिसिङ ,जीवन वि.क., आशिकलाल यादव लगायत सम्पुर्ण पदाधिकारीहरुको सहयोगले जम्मा
 ३ लाख १२ हजार रकम जुटेको छ। तर यति रकम मात्र प्रयाप्त नरहेकोले आफ्नो वडाको तर्फबाट पनि उनलाई सहयोग रहने वडा नं ७ का वडा अध्यक्ष चैतन्य प्रसाद सिटौलाले बताएका छन् ।

साउदी अरबको साद अलि विन ओत ओत कम्पनीमा काम गरिरहदा सवारी दुर्घटना भई घाइते भएका मगरलाई साउदीकै एक अस्पतालमा करिब ३ महिनाको उपचार पश्चात नेपाल ल्याइएको कुरा सुन्दरहरैंचा नगरपालिका वडा नं ७ का वडा सदस्य भुवन आले मगरले बताएका छन् । उनको उपचारका लागी यो रकम अपुग भएमा हामि अन्य सहयोगी दाताहरुको सहयोगमा थप रकम जुटाउने कुरा नेपाल मेलमिलाप प्रवासी संघका कोषाध्यक्ष अमर तामाङ्गले बताएका छन् ।

उनलाई दुर्घटना पश्चात नेपाल फर्कने आस ज्यादै कम थियो तर बिभिन्न संघ सस्थाको सहयोगमा नेपाल आउन पाउदा र यसरी उपचारका लागी सहयोग पाउँदा खुसि लागेको कुरा मान बहादुर मगरले बताएका छन् ।
उनको हाल धरानमा रहेको बिपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनलाई सामान्य अवस्थामा फर्कनको लागी ५ लाख माथि रकम आवश्यक गर्ने कुरा उनका परिवारले बताउदै आएका छन् ।

त्यसैगरी आगामी दिनमा पनि कुमार तामाङको संयोजकत्वमा नेपाल मेलमिलाप प्रवासिय संघका साथिहरुको तर्फबाट धुर्मुस सुन्तली फाउन्डेसनलाई केहि आर्थिक रकम सहयोग गर्ने तयारी रहेको जानकारी गराएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.