Websoft University

पहिलो भटमै सार्वजनिक गरे शम्भुजीत, डब्बु र सरिताले



काठमाडौं, ४ आसोज। रातो तारा डट कम,नयाँ गीतिसँग्रह ‘पहिलो भेटमै’ श्रोता माझ आएको छ । सँग्रहमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत र जुगल डंगोलको संगीत, गीतकार डब्बु क्षत्रीको शब्द र गायिका सरिता भारतीको स्वरमा २ वटा गीत रहेको छ । कोरोना सँक्रमणका कारण आसपी दुरी कायम गर्दै बरिष्ट संगीतकार बासकोटा, गायिका भारती र गीतकार क्षत्रीले यो गीतिसंग्रहलाई  काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सार्वजनिक गरेका छन्। 

जसमा बजाई देउ बाजा...र पहिलो भेटमा...बोलको गीत रहेको छ । सो क्रममा बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यस अघि डब्बु क्षत्रीका केही गीतमा आफुले संगीत गरिसकेको तर गायिका सरिताको लागि पहिलोपटत संगीत गरेकोे बताए । सरिता राम्री गायिका भएको र उनको यो गीतलाई दर्शकले मन पराउने बताउँदै बासकोटाले शुभकामना पनि दिए ।

यस अघि मेरो जवानी..., लुडो र तास..., कोरोनाले देशै रायो...रातो सारी लरक्कै...जस्ता सिँगल ट्रक यलबम निकालेकी सरिताले अग्रज संगीतकार बासकोटासंग काम गर्न पाउँदा निकै कुरा सिक्ने अबसर पाएको बताईन् । यसै साता गायक हेम श्रेष्ठसँग आफ्नो दशैं गीत र असोजको तेश्रो साता गायक हिमालय राजसँग देउडा गीत आउने पनि उनले जानकारी गराईन् । बिगत आधा दशकदेखि गायनमा सक्रिय सरिताले सांस्कृतिक संस्थानबाट गायनमा डिप्लोमा गरेर गायन यात्र अघि बढाएकी हुन् ।

गीतकार क्षत्रीले करिब ७ वर्षपछि अग्रज संगीतकार बासकोटासँग काम गर्ने अबसर जुरेको बताए । अब बासकोटासंग सांगीतिक सहकार्य निरन्तर अघि बढ्ने विश्वास उनले व्यक्त गरे । बजाई देउ बाजा लोक पप शैलीको गीत हो । जसमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत, डब्बु क्षत्रीको शब्द र सरिता भारतीको स्वर रहेको छ । यो गीत नृत्यप्रधान बनेको छ । 

गीतको भिडियो भने केही साता पछि रिलिज गर्ने गीतकार क्षत्रीले कार्यक्रममा बताए । यस्तै यो सँग्रहमा रहेको अर्को गीत पहिलो भेटमै...लाई जुगल डंगोलले संगीत गरेका हुन् । दुबै गीतको संगीत संयोजन तथा रेकर्डिङ जुगल डंगोलकै हो । यो लोक शैलीको गजललाई गायिका सरिता भारती आफैंले लेखेकी हुन् । यो गीतिसंग्रहलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो ।

यसैबीच पहिलो भेटमै...गीतको भिडियो पनि रिलिज गरिएको छ । जसमा अभिनेता दिक्पाल कार्कीसंग गायिका सरिता भारती आफैंले मोडलिङ गरेकी छन् । रामशरण उप्रेतीले खिचेको यो भिडियोलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । डब्बु क्षत्रीले निर्देशन गरेको यो भिडियो ब्युटी न्युज नेपाल च्यानलबाट हालै सार्वजनिक गरिएको हो । भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.