Websoft University
गाईघाट १७ भदौ । रातो तारा डट कम,मदन भण्डारी आखा अस्पताल गाईघाट लाई प्रदेश सरकारले आईसोलेसन बनाउने निर्णय गरेको छ । प्रदेश १ का बिभिन्न जिल्लामा कोरोना संक्रमीत को संख्या बड्न थाले पछी प्रदेश सरकार ले स्थानीय स्तरमा बिरामी राखेर उपचार गर्ने निर्णय गरे संगै मदन भण्डारी आखा अस्पतालमा आईसोलेसन सेवा संचालन गर्ने तयारी शुरु गरिएको छ । आईसोलेसन सेवा विस्तारको लागी प्रदेश सरकारले १५ लाख रुपैया उपलब्ध गराउने  निर्णय गरेको नेत्रज्योती संघ उदयपुरका  सभापती भागबत राउत ले बताए । बिराटनगर, धरानका कोभिड अस्पतालमा संक्रमीत बिरामीको चाप बढ्दै गएको ले उदयपुरका बिरामी लाई तत्काल ब्यवस्थापन गर्न सरकारले आईसोलेसन सेवा संचालन गर्न लागेको राउत ले बताए । गत चैत ५ गते त्रियुगा नगरपालीका ३ भुल्केमा १२ जनामा कोरोना संक्रमीत भेटीए संगै नेत्रज्योती संघ ले अस्पताल संचालन को जिम्मा पाएको थियो । स्वास्थ्य तथा जन संख्या मंत्रालय काठमाण्डौ ले २०७७ असार २९ गते आखा अस्पताल लाई आईसोलेसन सेन्टरमा परिणत गर्ने र तत्काल ३० शैया उपलब्ध गराउने निर्णय भएको सभापती राउत ले बताए ।संघको ४२ कोठे तिन तले भबनमा ६० वटा सम्म शैया राख्न सकीने क्षमता छ । भबनमा १६ वटा शौचालय र ५ वटा युरीन रहेका छन । यस अघि वेलटारमा २६ शैयाको क्षमताको कोरोना अस्पताल संचालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.