Websoft University

भलुवाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


काठमाण्डौ भाद्र १८ गते । रातो तारा डट कम,सिरहामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुबै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएकाछन् । सदरमुकाम सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स ४ प ४६१० र चोहर्वाबाट सिरहातर्फ आउँदैै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको धनगढीमाई नगरपालिका १० निवासी ५१ वर्षका दीपककुमार पञ्जियार र सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ वर्षका सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते पञ्जियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा र ठाकुरको उपचारका लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.