Websoft University

मालपोत कार्यालय मोरङ एकघण्टा बन्द गरेर धर्ना

बिराटनगर । रातो तारा डट कम, कित्ताकाट खुला गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै घरजग्गा कारोवार व्यवसायी संघ मोरङले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङ एकघण्टा बन्द गरेको छ ।

शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म सांकेतिक आन्दोलन स्वरुप कार्यालयमा धर्ना दिएर कामकाज बन्द गराएको संघका अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिनुभएको छ ।

नेपाल सरकार भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भदौ १८ गते मन्त्रिस्तरीय निर्णय गरी २०७४ साल भदौदेखि बन्द रहेको कित्ताकाट खुला गर्नुभएको थियो । मन्त्रीस्तरीय निर्णय भइसक्दा पनि मालपोत र नापी कार्यालयहरुले कित्ताकाट खुला नगरेपछि घरजग्गा व्यवसायीहरुले निर्णय कार्यान्वयनका लागि दवाव दिँदै आएका थिए ।

घरजग्गा कारोवारीहरुको दवाव भएपनि निर्णय अस्पष्ट भएको र त्यसका बारेमा स्पष्ट हुने काम भइरहेको भन्दै मालपोत कार्यालयले काम अघि बढाएको छैन । व्यवसायीहरुले थप दवाव सिर्जना गर्नका लागि शुक्रबार मालपोत कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले आइतबारबाट पनि कित्ताकाटको प्रकृया सुचारु नभए कार्यालय समय भरी मालपोतको कामकाज ठप्प पार्ने र गेटमा दिनभर धर्ना दिने अध्यक्ष पोखरेलले चेतावनी दिनुभयो ।

घरजग्गा व्यवसायीले बैंकबाट कर्जा लिएर अरबौंको लगानी गरेको र तीन वर्षदेखि कारोवार बन्द हुँदा व्यवसायी, जग्गाधनी किसान र बैंकसमेत समस्यामा परेको दावी गरेका छन् । घरजग्गा कारोवार बन्द हुँदा नेपाल सरकारले पनि राजश्वको ठूलो हिस्सा वार्षिकरुपमा गुमाइरहेको भन्दै कारोवार सुचारु गर्न माग गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.