Websoft University

विराटनगरमा फेसन डिजाइनको पढाइ सुरु


विराटनगर । रातो तारा डट कम, विद्याभूमि स्कुलले प्रदेश नं. १ मै पहिलो पटक यस शैक्षिक सत्रदेखि फेशन डिजाइनको कक्षा सुरु गरेको छ ।
प्लसटुका अध्यक्ष तथा कलेज प्रमुख दिपेन भट्टराईले नयाँ कोर्षको उद्घाटन गर्दै फेशन डिजाइनसँगै सौन्दर्यकला, पाककला (कुलिनरी आर्टस्) र सेवा सत्कार व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) विषय यस वर्षदेखि थप गरिएको जानकारी दिनुभयो । विगत ४ वर्षदेखि होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिज्म अध्ययन गराउँदै आएको विद्यालयले यस वर्षदेखि पूर्वमै पहिलो पटक फेशन डिजाइन र कुलिनरी आर्टस् र हस्पिटालिटी म्यानेजमेन्ट थपेर होटल  म्यानेजमेन्ट पढ्ने विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बनाइएको  उहाँको भनाइ छ ।
विद्यालयका प्राचार्य पराग ढुंगानाले यस वर्षदेखि व्यवस्थापनका अन्य विषयमा पनि अध्ययन गराउँने बताउँदै विद्यार्थीलाई पढाइका साथै व्यवहारिक शिक्षा दिने बताउँनुभयो । उहाँले विद्यार्थीलाई सीप मुलक  शिक्षा र रोजगारी मुलक शिक्षा दिदै, व्यसाय र रोजगारीका अवसरहरू पहिचान गर्न, उच्चशिक्षा छनौट गर्न र रोजगारमा जोडन मद्दत गर्ने बताउँनुभयो ।
व्यवस्थापन संकाय प्रमुख केशव न्यौपानेले पढाइका क्रममा आफुले युरोपमा देखेका र भोगेका सिकाइ तथा प्रविधिहरु विद्यार्थीलाई बाढ्ने साथै रोजगारी तथा उद्यमशीलतासँग जोडन यी कोर्ष तथा विषयहरुलाई उपयोगी बनाउँने बताउनुभयो । यस्तै फेशन डिजाइन प्रशिक्षक शिक्षा श्रेष्ठले यो कोर्षले विद्यार्थीलाई उद्यमी बनाउने र नेपालको फेशन जगतमा नयाँ आयाम थप्ने बताउँनुभयो । उहाँले कोर्ष सके पछि देश तथा विदेशमा रोजगारी, इन्टर्नसीप र उद्यमी हुन चाहनेका लागि पनि प्रशस्त सम्भावना रहेको जनाउनुभयो ।
विगत ४ वर्षदेखि होटल म्यानेजमेन्ट र पर्यटन अध्यापन गराइरहेको विद्यालयले विद्यार्थीका लागि अभ्यास गर्न प्रशस्त व्यवस्था गरिहेको र त्यसले विद्यार्थीमा सैद्धान्तिक भन्दा व्यवहारिक सीप विकासमा जोड दिएको होटल व्यवस्थापन संकाय प्रमुख विश्वराज पन्तले बताउँनुभयो । विद्यालयका निर्देशक गुणानन्द महतोले अहिले विश्वनै कोरोना भाइरस (कोभिड– १९) बाट आक्रान्त भएको अवस्थामा विद्यार्थीलाई सहज बनाउन फेसन डिजाइनमा ५० प्रतिशत र अन्य सबै विषयमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको बताउँनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.