Websoft University

लागुऔषध सहित २ जना पक्राउ


सुनसरी,असोज ११ गते । रातो तारा डट कम,सुनसरी भोक्राहा नरसिंह-४ स्थित चिरौली नहर एरियाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानका २० बर्षीय जमाल अंसारी र २२ बर्षीय प्रविण कुमार उराव रहेका छन । विशेष सुराकका आधारमा हिजो अपरान्ह ५ बजे उनिहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा DIALEX-DC १०७ बोतल, SPASMOPROXYVON  PLUS-६९६ क्याप्सुल र NITRA VET-३००० ट्याब्लेट फेला पारी बरामद गरिएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.